धरान : धरान खानेपानी व्यवस्थापन बोर्ड अध्यक्षमा धरानका नगर प्रमुख हर्क साम्पाङ एक्लै रहेको बेला चालु आर्थिक वर्षमा खानेपानी शुल्कमा ह्वात्तै ९९०० प्रतिशत वृद्धि गरेको धरानका १० राजनीतिक दलहरूले जनाएका छन् ।

शुल्क वृद्धि गरे लगत्तै पुरानै शुल्क कायम गर्न दलहरूले ७२ घण्टे अल्टिमेटम दिएका छन् ।

बोर्डले जारी गरेको नागरिक बडापत्र २०७८ मा धारा जडान गरेको मान्छेको मृत्यु भएमा मृतकको नामबाट धारा नामसारी गर्दा २०० सय रुपैयाँ मात्र शुल्क थियो । अहिले २ इञ्चको धारा नामसारी गर्न बढाएर २० हजार रुपैयाँ बनाइएको छ । यसरी नामसारी शुल्कमा ९९०० प्रतिशत वृद्धि गरिएको छ ।

पहिले जतिसुकै इञ्चको धारा नामसारी गर्दा २०० रुपैयाँ मात्र शुल्क थियो । अहिले पाइपको इञ्च अनुसार नामसारी शुल्क कायम गरिएको छ ।

राजनैतिक दलहरूले इञ्च पिच्छेको नयाँ शुल्कको विश्लेषण गरी जारी गरेको सूची अनुसार वृद्धि प्रतिशत हाफ १/२ इन्च पाईप नामसारी गर्दा अहिले ५ हजार तिनुपर्ने भएकोले यो वृद्धि भएको रकमको पहिला भन्दा ४८ सय रुपैयाँ बढेकोले वृद्धि प्रतिशत २४०० भएको जनाएका छन् ।

यसै गरी ४/३ इन्चको पाईप नामसारी गर्दा हाल ८ हजार रुपैयाँ तिर्नुपर्ने भएकोले ७८ सय रुपैयाँ बढेको छ । यो ३९ सय प्रतिशत बढेको हो । १ इन्चको पाइपको धारा नामसारी गर्दा १० हजार रुपैयाँ तिनुपर्ने भएको छ, यो वृद्धि ९८ सय रुपैयाँ हो भने वृद्धि प्रतिशत ४८०० सय प्रतिशत हो ।

डेढ इन्चको पाइपको धारा नामसारी गर्दा १५ हजार तिनुपर्ने भएको छ । यो वृद्धि भएको रकम १४ हजार ८ सय हो भने वृद्धि प्रतिशत ७४०० सय प्रतिशत हो । २ इन्चको पाइपको धारा नामसारी गर्दा अहिले २० हजार तिनुपर्ने भएको छ । यो वृद्धि भएको रकम १९ हजार ८ सय हो । वृद्धि प्रतिशत ९ हजार ९ सय हो ।

नयाँ धारा जडानमा ३३ दशमलव ३३ प्रतिशत देखि ३०० प्रतिशत वृद्धि 

नयाँ धारा जडान गर्नुपरेमा हाफ १/२ इन्चको पाइपमा पहिले १५ हजार रुपैयाँ तिर्नु पर्थ्यो । त्यसलाई बढाएर २० हजार रुपैयाँ बनाइएको छ । बढेको रकम ५ हजार हो भने प्रतिशत ३३ दशमलव ३३ प्रतिशत हो ।

४/३ इन्चको धारा जडान गर्दा पहिले १० हजार रुपैयाँ तिर्नु पर्दथ्यो । अहिले बढाएर २५ हजार बनाएको छ । यसमा बढेको रकम १५ हजार हो भने वृद्धि प्रतिशत १५० हो । १ इन्चको पाइपको धारा जडान गर्दा पहिले १५ हजार रुपैयाँ तिर्नु पर्दथ्यो । अहिले ५० हजार बनाइएको छ । यो बढेको रकम ३५ हजार हो भने वृद्धि प्रतिशत २३३ दशमलव ३३ प्रतिशत हो ।

डेढ इन्चको पाइपमा २० हजार शुल्क लगाइएको छ । यो १५ हजार रुपैयाँ बढेको हो भने वृद्धि प्रतिशत २५५ प्रतिशत हो । २ इन्चको पाइपको धारा जडान गर्न २५ हजारबाट १ लाख बनाइएको छ । बढेको ७५ हजार हो भने वृद्धि प्रतिशत ३०० प्रतिशत हो ।

खानेपानी शुल्कमा यसअघि न्यूनतम १३० रुपैयाँ रहेकोमा १५० बनाइएको छ । पानीको युनिट परिमाणमा २०० प्रतिशत सम्म महसुल बढाइएको छ । निवेदन दस्तुरमै ४०० प्रतिशत वृद्धि गरेर हचुवाको पनि पराकाष्ठा देखाएको दलहरूले ठहर गरेको फ्याक्ट डाटा उल्लेख छ ।

Khanepani Rate (2)Khanepani Rate (1) 3Khanepani Rate (3)