धरान : धरान उपमहानगरपालिका उपप्रमुख आइन्द्रबिक्रम बेघाले नगर प्रमुख हर्क साम्पाङलाई महसुल निर्धारण आयोगको परिपत्रलाई सम्मान गर्न आग्रह गरेका छन् ।

उनले प्रेस विज्ञप्ति मार्फत परिपत्र लागु गर्न सम्बन्धित पक्षहरू झिकाई वार्ता, संवाद र छलफलको माध्यमबाट समस्याको समाधान गर्न खानेपानी बोर्डका अध्यक्ष, प्रमुखलाई अनुरोध गरेका हुन ।

खानेपानीको शुल्क वृद्धि खारेजीको माग सहित दलहरूको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै दलहरूलाई वार्तामा बोलाउन आग्रह गरेका हुन ।

विज्ञप्तिमा धरानको पछिल्ला समयको विकसित घटनाक्रम गम्भीर भएको उल्लेख गर्दै खानेपानी महसुल वृद्धि विरुद्धको विषयलाई लिएर धरानका नागरिकहरूले गरेको आन्दोलन खानेपानी व्यवस्थापन बोर्डको कार्यालय हुँदै धरान उपमहानगरपालिकाको गेट सम्म आइपुगेको बताएका छन् ।

भनेका छन् ‘आपसी द्वन्द्वले विकास र समृद्धिको अभियानलाई अवरोध गर्दछ । यो धरान उपमहानगरपालिकाको हित विपरीत छ ।’ त्यसैले सबै पक्ष संयम र जिम्मेवार भएर धरानको हालको समस्याको व्यवस्थापन गर्नु लागौँ ।

धरानको आन्दोलनरत नागरिकको भावना र खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोगको परिपत्रलाई सम्मान गर्दै सम्बन्धित पक्षहरूसँग अविलम्ब संवाद र छलफलको माध्यमबाट समस्याको समाधान गर्न विज्ञप्तिमा आग्रह गरिएको छ ।

upamayor-letter