धरान : गत साउन २७ गते १० दलीय सङ्घर्ष समितिसँग वार्तामा भएको सहमति अनुसार अध्यक्ष हर्क साम्पाङले बिहीबार निकट सञ्चारकर्मीहरू बिच धरान खानेपानी व्यवस्थापन बोर्डको आयव्यय विवरण सार्वजनिक गरेका छन् ।

धरान उपमहानगरपालिका नगर प्रमुखको कार्यकक्षमा विवरण सार्वजनिक गर्ने बारेमा दलहरूलाई जानकारी नदिएको काँग्रेस नगर सभापति श्याम पोखरेलले बताए ।

उनले भने ‘दश दलीय सङ्घर्ष समितिसँग भएको सहमति अनुसार हिसाब सार्वजनिक गर्दा दलहरूलाई जानकारी दिइनु राम्रो हुन्थ्यो ।’ जानकारीका लागि आयव्ययको प्रमाणित कागजपत्र समेत औपचारिक रूपमा दलहरूले प्राप्त नगरेको उनले बताए ।

सभापति पोखरेका अनुसार आयव्यय विवरण सार्वजनिक गर्न दलहरूको माग भएकोले बोर्डको हिसाब धरानवासी आम जनताको सरोकारको विषय हो । उनले भने ‘तर प्रमाणिक आयव्यय विवरणको जानकारी प्राप्त भएपछि दलहरूले संयुक्त रूपमा प्रतिक्रिया जनाउने छन् ।’

आर्थिक वर्ष २०७९/०८० :

अध्यक्ष साम्पाङले सार्वजनिक गरेको विवरणमा बोर्डको आव २०७९/०८० मा कुल आयव्यय १८ करोड ४५ लाख १० हजार ३ सय ५० रुपैयाँ भएको उल्लेख छ ।

उक्त आर्थिक वर्षमा कर्मचारी तलब, भत्ता सुविधा, उपदान, कर्मचारी पोषक र सञ्चार खर्च मात्र ७ करोड ७९ लाख १७ हजार २१० रुपैयाँ ३१ पैसा रहेको छ।

कर्मचारी तलब ३ करोड २६ लाख ६७ हजार ४४५ रुपैयाँ, कर्मचारी भत्ता ५६ लाख ६० हजार ३३२ रुपैयाँ, ज्यालादारी कर्मचारी १ करोड ७५ लाख ३१ हजार १४९ रुपैयाँ २५ पैसा, पम्प वेलमा काम गरेको ज्याला ४ लाख २४ हजार ५९ रुपैयाँ छ ।

स्थायी कर्मचारी सञ्चित उपहार ४८ हजार २० रुपैयाँ, उपदान १८ लाख ८१ हजार ७६३ रुपैयाँ, कर्मचारी पोषाक सुविधा ९ लाख ८० हजार, कर्मचारी सुविधा २० हजार, ज्यालादार कामदार ओसार पोसार १४ लाख ५ हजार ५९२ रुपैयाँ, कामदार खाना खाजा खर्च ३ लाख ६२ हजार ९५० रुपैयाँ रहेको छ ।

आर्थिक वर्ष २०७९/०८० आय तर्फ : 

आर्थिक वर्ष २०७९/०८० को आय तर्फ गत वर्ष मौज्दात २ करोड ५७ लाख ३२ हजार ७ सय ३७ रुपैयाँ ६७ पैसा रहेको छ । धारा जडान शुल्क बापत १ करोड ६९ लाख ४९ हजार ४ सय ४३ रुपैयाँ, खानेपानी महसुलबाट ३ वटा काउन्टर र बिपी प्रतिष्ठानबाट प्राप्त रकम बापत १४ करोड १० लाख २४ हजार ९सय ५५ रुपैयाँ रहेको छ ।

माछापुच्छ्रे बैङ्कबाट प्राप्त व्याज ६ लाख २६ हजार ४ सय ५४ रुपैयाँ ४८ पैसा र विद्युत् महसुल कार्यालयबाट प्राप्त रकम १ लाख ७६ हजार ७ सय ५९ रुपैयाँ आय भएको उल्लेख छ । 

आव २०८०/०८१ ज्यालादारी कर्मचारीमा २ करोड खर्च

आर्थिक वर्ष २०८०/८१ मा कुल आयव्यय १७ करोड २४ लाख ५४ हजार ३ सय ७० रुपैयाँ ८० पैसा रहेको उल्लेख छ ।

विवरण अनुसार आर्थिक वर्ष २०८०/०८१ मा कर्मचारी तलब, भत्ता सुविधा, उपदान, कर्मचारी पोषाक र सञ्चार खर्च ६ करोड १० लाख २६ हजार ९२७ रुपैयाँ खर्च भएको उल्लेख छ ।

कर्मचारी तलब ३ करोड ४२ लाख ३२ हजार ५२२ रुपैयाँ, कर्मचारी भत्ता २४ लाख ८८ हजार ७२७ रुपैयाँ, ज्यालादारी कर्मचारी १ करोड ७१ लाख ९५ हजार १५५ रुपैयाँ, स्थायी कर्मचारीहरूको सञ्चित उपचार खर्च ३० हजार ३७२ रुपैयाँ खर्च भएको उल्लेख छ ।

यस्तै उपदान ११ लाख ५६ हजार ४७७ रुपैयाँ, कर्मचारी पोषाक सुविधा १० लाख २० हजार रुपैयाँ, कर्मचारी पानी भत्ता ८५ हजार ११० रुपैयाँ, कर्मचारी चाडपर्व सुविधा २ लाख ८३ हजार ६९९ रुपैयाँ खर्च भएको छ ।

यस्तै कर्मचारी सञ्चार सुविधा १ लाख ७५ हजार, बैठक भत्ता ३ लाख २० हजार, कर्मचारी इन्धन खरिद १० लाख ८२ हजार २३५ रुपैयाँ, कामदार खाना खाजा खर्च ३ लाख ४२ हजार ८३० रुपैयाँ भएको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा आम्दानी

आव २०८०/८१ को आय विवरणमा गतबर्षको मौज्दात ८० लाख ४३ हजार १२६ रुपैयाँ ५७ पैसा देखाइएको छ । खानेपानी महसुलबाट ३ वटा काउन्टर, सेन्ट्रल कार्यालयबाट प्राप्त रकम ११ करोड ५१ लाख ८७ हजार ६५२ रुपैयाँ रहेको छ ।

बिपी प्रतिष्ठानबाट प्राप्त ७५ लाख ५० हजार ३०३ रुपैयाँ, अनलाइनबाट प्राप्त महसुल रकम ४ करोड ४ लाख ५७ हजार १२५ रुपैयाँ , एनएमबि बैङ्कबाट प्राप्त ब्याज ३ लाख ४९ हजार ४८६ रुपैयाँ र विद्युत् प्राधिकरणबाट धरौटी मार्फत प्राप्त रकम ९८ हजार ५८२ रुपैयाँ देखाइएको छ ।

khanepani-811Khanepani-812khanepani-801Khanepani-802