धरान : इरान समर्थित हिजबुल्लाले आइतबार इजरायली सैनिक अड्डामा गरेको ड्रोन आक्रमणमा ४ जना सैनिकको मृत्यु भएको छ । ८० जना सैनिक घाइते भएका छन् ।

इजरायली डिफेन्स फोर्सेज (आइडीएफ)ले उक्त आक्रमण इजरायलको उत्तरी इलाका स्थित शहर हाइफा भन्दा ३३ किलोमिटर टाढाको गाउँ बिन्यामिन नजिकमा रहेको सैनिक बेस क्याम्पमा भएको जनाएको आइडीएफलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

पछिल्लो पटक हिजबुल्लाहले इजरायलमा गरेको आक्रमणमा ठुलो क्षति भएको यो पहिलो हो । ड्रोन आक्रमणको जिम्मेवारी हिजबुल्लाहले लिएको छ ।

हिजबुल्लाहले यो आक्रमण गएको बिहीबार इजरायली सेनाले दक्षिण लेबनान र बेरुतमा गरेको हमलाका जवाबमा गरेको जनाएको छ ।

इजरायली एम्बुलेन्स सर्विस एमडिएले आक्रमणमा ६१ जना घाइते भएको जनाएको छ । उनीहरू मध्ये ३७ जना घाइतेलाई एम्बुलेन्स र हेलिकप्टरमा ८ क्षेत्रीय अस्पताल लगिएको छ ।