सुनसरी : २१औँ बुढासुब्बा गोल्डकपको फाइनलमा आयोजक धरान फुटबल क्लबलाई ट्राइवेकरमा ३-२ गोल अन्तरले पराजित गर्दै क्यामरुनी फुटबल क्लब डाफिन्सले  गोल्डकपको उपाधि उचालेको थियो । 

२०७५ साल फागुन ५ गते सम्पन्न फाइनलमा उपाधिसँगै डाफिन्सले नगद ८ लाख हात पारेको थियो थियो । उपविजेता धरानले नगद ४ लाखमा चित्त बुझाएको थियो । 

डाफिन्सको लागी जो एन्गोला, पेटन्गा र यानिक ओवनाले ट्राइवेकरमा गोल गर्दा एक्वोना र वियिक वियिकको प्रहार भने बाहिरिएको थियो।धरानका लागी दोर्जे तामाङ र प्रकाश बुढाथोकीले गोल गर्दा योगेश राईको प्रहार बाहिरिएको थियो ।  हेमन्त थापामगर र मिलन राईको प्रहार डफिन्सका गोल रक्षक प्रीसो एन्जङ्गाले रोकेपछि धरान उपाधि विहीन बन्न पुगेको थियो । 

उपविजेता धरानले विधागत पुरस्कारमा भने कब्जा जमाएको थियो । धरानका मनोज राई वेष्ट डिफेन्स हुँदा हेमन्त थापामगर वेष्ट मिडफिल्डर हुँदै नगद २५-२५ हजार पाएका थिए । वेष्ट स्ट्राइकर धरानका मिलन राई हुँदै २५ हजार पाएका थिए ।