धरान: पर्या पर्यटनको नमुना थलो बनेको धरान १९ स्थित हरियाली सामुदायिक वन क्षेत्र अझै व्यवस्थित हुने भएको छ ।

प्रदेश सरकारले चालु आर्थिक बर्षमा २० लाख बजेट विनियोजन गरिदिएको कारण हरियाली वन क्षेत्र अझै व्यवस्थित हुने भएको हो । प्रदेश सरकारले हरियालीमा पर्या पर्यटनको विकास तथा प्रर्वद्धन गर्न यो बजेट विनियोजना गरेको थियो । सरकारबाट बजेट विनियोजन भएपछि अहिले निर्माण कार्य थालिएको छ । हरिबहादुर तामाङ अध्यक्ष रहेको उपभोक्ता समितिले अहिले निर्माण कार्य गरिरहेको छ ।

IMG_20190427_094506

अध्यक्ष तामाङका अनुसार प्रदेश सरकारबाटै स्टिमेट र डिजाइन भएको छ । सोही अनुसार अहिले निर्माण कार्य भइरहेको छ । हरियाली पार्क क्षेत्रको सबै टहरासमम ट्रयाक पुर्याउने र टायल राख्ने योजना छ भने रेलिङ पनि राखेर थप आकर्षक बनाइनेछ । ‘यसले हरियाली वन क्षेत्रको पर्या पर्यटनमा थप टेवा पुग्नेछ,’अध्यक्ष तामाङले भने ।

वन्यजन्तु उद्दार केन्द्रलाई थप बजेट

IMG_20190427_091206

हरियाली वन समुहमा मिनि जू(चिडियाघर) पनि आकर्षण रहेको छ । यसैलाई प्रदेश सरकारले वन्जयन्तु उद्दार केन्द्रमा रुपान्तरण गर्ने भएको छ । यसको लागि ६ लाख बजेट पनि विनियोजना भएको छ । अहिले त्यही बजेटले उद्दार केन्द्रको लागि आवश्यक संरचना निर्माण भइरहेको छ ।

हरियाली वन समुहका पुर्वअध्यक्ष टेक तामाङका अनुसार घाइते अवस्थाका वन्यजन्तुहरु भेटिए केन्द्रमा ल्याएर उपचार गरिनेछ । उपचार पश्चात निको भएपछि पुनः जंगलमा नै छोडिनेछ । ‘वन्यजन्तुको संरक्षणमा यो केन्द्र धेरै महत्व हुनेछ,’उनले भने ।

वन समुहको मुख्य आम्दानी पर्या-पर्यटन

IMG_4744
२०५९ सालमा विधिवत दर्ता भएको हरियाली वन समुहका उपभोक्ताहरु ०६१ सालसम्म जंगल जोगाउनै केन्द्रीत थिए । ०६२ सालपछि भने पर्यटकीय आर्कषणकोरुपमा विकास गर्ने सोच अघि बढाए । त्यही सोचले मुर्तरुप लिदा अहिले यो वन समुहको मुख्य आम्दानीको स्रोत नै इको–टुरिज्म(पर्या पर्यटन) भएको छ । पर्यटनबाट नै समुहले बार्षिक ७ लाखको हाराहारीमा आम्दानी गरिरहेको वन समुहले जनाएको छ । समुहको मुख्य आयस्रोत नै पर्यटन भएको छ । जैविक विविधता, वन्यजन्तु संरक्षण, वनभोजस्थल, चिल्ड्रेन पार्कलगायतले यो वन इको टुरिज्मको नमुना बनेको छ ।

IMG_4727

हरियाली वन समुहको कुल क्षेत्रफल ८८६.७२ हेक्टर फैलिएको छ । त्यसमध्ये १९७.३८ हेक्टर मात्रै समुहमा हस्तान्तरण भएको छ । समुहले तालिम हल र क्याट्रिनसहितको ६० जना क्षमताको आवास गृह सञ्चालनमा ल्याएपछि यहाँ विभिन्न संघसंस्था एवं एनजिओहरु कार्यक्रम लिएर पुग्छन् । यस्तै, बास्केटवल कोर्ट, चिल्ड्रेन पार्क, पिकनिक स्पट, मिनि जु, जैविक विविधताको ब्लकमा बालबालिका, स्कुलका विद्यार्थीहरु र टाढा टाढाबाट घुम्न, पिकनिक खान आउनेहरुको घुइचो लाग्छ ।

समुहले पर्यटन आर्कषण बढाउन संरक्षण गरेर राखिएका वन्युजन्तलाई व्यवस्थितरुपमा मिनि जु(चिडियाघर) सञ्चालन गरेको छ । वन क्षेत्रमा चित्तल देखिन्छ भने मिनि जुमा लोपोन्मुख दुम्सी, ठुलो मुसा, धनेश, अजिंगर, मजुरलगयात वन्यजन्तु छन् ।

IMG_4716 IMG_4728