धरान: धरान उपमहानगरपालिकाले धरानका श्रमिक एवं मजदुरहरुलाई सुचीकृत गर्ने भएको छ ।

उपमहानगरपालिका आफैले बुधबार पहिलो पटक मे दिवस मनाउदै सुचीकृत कार्यको थालनी गरेको हो । भानुचोकस्थित लाकतान्त्रिक चौतारीमा आयोजित कार्यक्रममा कार्यबाहक मेयर मञ्जु भण्डारी सुबेदीले ३ जना मजदुरलाई नमुना परिचयपत्र वितरण गर्दै सुचीकरण कार्यको थालनी गरेकी थिइन् । उनले मजदुहरुको समस्या समाधान गर्न र सामाजिक सुरक्षाको लागि मजदुरहरुलाई सचीकृत गर्ने कार्य प्रारम्भ गरिएको बताइन् । ‘समस्या समाधानको लागि पहिलो नम्बरमा हामी मजदुहरुको सुचिकरण गछौ’ कार्यबाहक मेयर सुबेदीले भनिन् ‘मजदुरको पहिचान खुल्ने परिचय–पत्र वितरण गछौं, यो परिचय पत्रले मजदुरहरु सिंहदरबार प्रवेश गर्न पनि सक्छन् ।’

संगठीत क्षेत्रका मजदुहरुको योगदानमा आधारित समाजिक सुरक्षा सुनिश्चित हुने भएपनि असंगठित क्षेत्रका मजदुहरुको सामाजिक सुरक्षामा चुनौती रहेकोले मजदुरहरुलाई सुचीकरण गर्न आवश्यक भएको बताइन् । विगतमा धरानमा मजदुर सम्बद्ध संघठनहरुले आ–आफ्नै तरीकाले कार्यक्रम गदै आएपनि यसपटक एकै ठाउँमा बसेर कार्यक्रम आयोजना गरिएको बताइन् । उनले मजदुरहरुले समान कामको समान ज्याला एवं पारिश्रमिक पाए नपाएको गुनासो सुन्न र अनुगमन गर्नको लागि उपमहानगरपालिकामा ‘श्रमिक हेल्प डेक्स’ को स्थापना गर्ने बताइन् । ‘समान कामको समान ज्याला पाउनु भएको छ की छैन यो बुझ्नको लागि श्रमिक हेल्प डेक्स राख्छौं’ कार्यबाहक मेयर सुबेदीले भनिन्,‘केही समस्या भए डेक्समा आएर जानकारी गराउनुस्, त्यहीबाट समस्या समाधान गछौं ।’

may-day2

उनले भवनको घर नक्सा पास गर्नु पहिले निर्माण व्यावसायीले प्रमाणपत्र पेश गनुपर्ने र कत्ति मजदुर काम गर्ने त्यसको समेत सुचि पेश गर्नुपर्ने नियम शुरु गर्ने बताइन् । मजदुहरुको स्वास्थ्य उपचार, विमालगायतमा अनिवार्य गर्ने पनि उनले बताइन् । क्यूपेक नेपालका केन्द्रीय सचिव मुत्तिनाथ गिरीले दुर्घटना कल्याकारी कोष छुट्याउनु पर्ने माग गरे । ट्रेड यूनियन कंग्रेस प्रदेश १ सदस्य पदम सुन्दर लिम्बूले वीपी प्रतिष्ठानमा मजदुरहरुको उपचारमा विभेद गर्ने गरिएको बताए । ‘वीपी प्रतिष्ठानमा मजदुरहरुको उपचारमा बेवास्ता गरिन्छ, आइसियू खाली छैन भन्छन्, र हामी विराटनगरको महंगो अस्पतालमा चन्दा उठाएर उपचार गर्न बाध्य छौं,’उनले भने,‘यस्तो विभेद हट्नुपर्छ ।’

कार्यक्रममा नेकपाका नेता चोत्लुङ, नारायण सुबेदी, २ नम्बर वडाध्यक्ष माधव गोबिन्द श्रेष्ठलगायतले सरकारले लागुगरेको सामाजिक सुरक्षा योजना प्रभावकारी ढंगले कार्यान्वयनमा ल्याउनुपर्नेमा जोडदिए । कार्यक्रम जिफन्ट सुनसरीलगायतका संस्थाको व्यावस्थापनमा कार्यक्रमको आयोजना गरिएको थियो । सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ को नाराले सार्थकता पाएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।