इटहरी : पूर्वको केन्द्र र प्रदेश नं १ को सम्भावित राजधानी मानिदै आएको सुनसरीको इटहरीस्थित टेंग्रा खोलाको पूर्व पश्चिम राजमार्गको पुल भत्किएको ६ महिना पुगिसक्यो, तर सम्बन्धित निकाय तथा सरोकारवालाहरूले पुनःमर्मतमा कुनै चासो राखेका छैनन् । दैनिक सयौ यात्रुहरू सोही पुलबाट जोखिमपुर्ण यात्रा गर्न बाध्य छन् । गत बैशाख दोश्रो साता एक ट्रिपरले ठक्कर दिदा पुलको दायाँबायाँका रेलिङहरू भत्किएको थियो । राजमार्गलाई जोडने प्रमुख आधार पुल नै क्षतिग्रस्त हुदा हजारौ यात्रुहरूको ज्यान पनि जोखिममा छ । समयमै टेंग्रा पुल पुनः निर्माण नहुँदा सवारी दुर्घटनाको सम्भावनासंगै यात्रुहरुको ज्यान पनि जोखिम बढदो छ । सम्बन्धित निकाय सडक बिभाग र इटहरी उपमहानगरपालिकाले भत्किएको पुलको रेलिङ मर्मतमा कुनै चासो नराखेको सर्वसाधारणहरु बताउँछन् ।
 
धरान इटहरी जोडने चारकोशे झाडीको सेउती पुल सञ्चालनमा आएको ३ बर्ष बित्न नपाउदै जीर्ण बन्दै गएको छ । निर्माण सम्पन्न भएर सञ्चालनमा आएको ३ महिना पनि नहुदै विवादमा आएको सो पुल पछिल्लो समय थप जीर्ण बन्दै गएको छ । बर्खायामको समयमा बढी जोखिम मोलिने राजमार्गलाई जोडने यस्ता पुलहरूमा दैनिक सयौ साना तथा ठुला सवारीसाधनहरू गुडने गरेका छन । पूर्व पश्चिम राजमार्गको नेपालको गौरव मानिने सप्तकोशी पुलको आयु सकिएको छ, जसले गर्दा उक्त पुल पनि जीर्ण र जोखिम अवस्थामा छ । तर, उक्त पुल पुन निर्माणमा भारत सरकारले कुनै चासो राखेको छैन । जसका कारण सो पुल कुन समयमा भाचिने या भत्कने त्यसको पनि टुंगो छैन । इटहरी लगायत अन्य विकसित सहरलाई जोडने मोरङको गछिया खोलाको पुलको अवस्था पनि उस्तै छ । गत बर्ष साउनमा आएको भिषण बाढीले पुलको पिलरमा क्षति पुर्याएको थियो भने पुल पनि भासिदै गएको छ । मोरङको बेलबारीस्थित लोहन्द्रा खोलामा अवस्थित पुलको जग केही भासिएको छ । ठुला सवारी गुडदा पुल हल्लिने अवस्था छ तर पुन निर्माणमा सम्बन्धित निकायको चासो छैन । राजमार्गलाई सिधा जोडने यस्ता २ दर्जन बढी पुलहरू अहिले पुन निर्माणका पर्खाइमा बसेका छन ।
 
नेपाल सरकारले उच्च प्राथमिकतामा राखेका यी पुलको पुन निर्माण तथा मर्मतकालागि बार्षिक अरबौ बजेट बिनियोजन हुने गरेको छ । मुलुकको राजधानी जोड्ने जोडिने अधिकांस पुलहरूको आयु औसत ५० बर्ष नाघिसकेको छ । नेपाल सरकारले पुलको मर्मत सम्भारलाई बिशेष प्राथमिकतामा राखेर सुचि तयार पारेको ५ बर्ष बितिसकेको छ तर मर्मतमा गम्भीर नहुदा जुनै बेला पनि संकट निम्त्याउन सक्ने खतरा पनि उत्तीकै रहेको छ । पूर्वपश्चिम राजमार्ग मुलुकको यातायात मेरुदण्ड पनि मानिन्छ । यहि पुलबाट दिनहुँ हजारौं यातायातका साधनहरू गुडने गरेका छन । मुलुकको विकासको आधार बनेको कोशी राजमार्गको समेत पुल जिर्ण बनिसकेका छन । इटहरीको खेती खोला, इनरूवाको राजमार्गमा रहेको सुनसरी खोला तथा नेपालकै ठुलो नदी सप्तकोशीको पुल समेत जोखिमको सुचिमा परिसकेको छ । पूर्वाञ्चल सडक डिभिजन कार्यालय तथा सडक बिभागले गत बर्ष मात्रै सुनसरी र मोङका ६ वटा पुलको पुनःमर्मतकालागि बिशेष योजना अघि बढाएको थियो तर अपुरो बजेट बिनियोजनकै कारण देखाउदै बिभागले पुलको मर्मत सम्भारमा चासो देखाएको छैन । दश बर्ष यता हेर्ने हो भने सुनसरी र मोरङमा ९ वटा पुलहरूको मर्मत सम्पन्न भएको देखिन्छ । धरानको सेउती पुल, झापाको बिरेङ पुल, चतरा र उदयपुर जोडने कोशी पुल, त्यसैगरी चारकोशे झाडीबाट पुर्व तर्फ रहेको सेउती पुल लगायत ९ वटा पुलहरू निर्माण सम्पन्न भएको सडक डिभिजन कार्यालय बिराटनगरको तथ्याङकमा देखिन्छ । पूर्वाञ्चल क्षेत्रीय सडक निर्देशनालयका अनुसार नेपाल सरकारले राजमार्गका पुलहरूलाई पुन मर्मत तथा निर्माणकालागि प्राथमिकतामा राखेर सुची तयार पारेपनि बार्षिक बजेट बिनियोजन अपुरो हुदा समयमै पुलहरूको निर्माण कार्य हुन नसेको बताउदै आएको छ ।  अब मुलक संघीय संरचनामा गइसकेको कारण सडक बिभाग संगै स्थानीय निकायको पनि ठुलो भुमिका देखिने र आ आफ्नो क्षेत्रका बिकासका लागि स्थानीय निकायनै अघि सर्नुपर्ने त्यसमा बिभागको साथ रहने बिभागका प्रमुख दिपक भट्टराइले बताए ।