झापा : सामुदायिक विद्यालयको गुणस्तर खस्कियो । राज्यले विद्यालयमा गरेको लगानी बालुवामा पानी भयो । शिक्षकले राजनीति गर्दा सामुदायिक स्कुलमा विद्यार्थीको आकर्षण कम पर्दै गएकोबारे सर्वत्र बहस भइरहेको छ ।

त्यति मात्रै होइन, शिक्षा नीतिमा सुधार आवश्यक छ, राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्छ अनि मात्रै सामुदायिक विद्यालयमा सुधार हुन्छ भन्ने बहस पनि उत्तिकै छ ।
त्यति मात्रै होइन आजभोलि कतिपय स्थानीय तहले त सामुदायिक विद्यालयको सुधारका लागि भन्दै सरकारी कर्मचारी र जनप्रतिनिधिका सन्तानलाई अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने नियम पनि बनाएका छन् ।
तर, झापा दमकको हिमालय माध्यमिक विद्यालयलाई शैक्षिक गुणस्तर सुधार्न न त स्थानीय सरकारले निर्णय गरिदिनुपरेको छ न त कुनै शैक्षिक निती नियमनै सुधार गर्नुपरेको छ । अभिभावकको आकर्षण यहि विद्यालयमा थामिनसक्नु छ । शिक्षकको सक्रियता लोभलाग्दो छ र विद्यार्थीको शैक्षिक गुणस्तर पनि नाम चलेका संस्थागत विद्यालयको भन्दा कम छैन ।
हुन त सामुदायीक विद्यालयमा पढाई राम्रो हुँदैन त्यस्ता विद्यालयमा पढाई भन्दा बढि राजनिती हुन्छ भन्ने हल्ला चौतर्फी छ । यदि तपाई सामुदायीक बिद्यालयका बारेमा यस्तै सोच्नु हुन्छ भने अब यो गलत हुन्छ दमकको हिमालय माबिलाई हेरेपछि । अहिले यस बिद्यालयमा निजी बिद्यालय छोडेर नयाँ भर्ना आउनेको भिड थेगिनसक्नुको छ ।

दमकमा रहेको एक नीजि विद्यालयमा कक्षा ८ पास गरेकी सविता श्रेष्ठ कक्षा ९ का लागी भने हिमालय माध्यमिक बिद्यालयमा पढ्ने योजनामा छिन् । निजी बिद्यालयले बिद्यालयको इज्जतको लागी पनि आफुखुसी नम्वर थपेर कमजोर बिद्यार्थी र सक्षम बिद्यार्थीको उस्तै प्राप्ताङ्क दिने र त्यसले भविष्यमा कुनै महत्व नराख्ने देखेर निजी छोडेर सबिता दमक २ मा रहेको हिमालय माध्यमिक बिद्यालयमा भर्ना हुनु आएकी छन् ।
सबिता मात्र हैन दमककै एरोन श्रेष्ठले दमककै अर्को नीजि विद्यालयमा कक्षा ३ उत्तिर्ण गरेपछि कक्षा ४ मा भर्ना गराउन एरोनकी आमा एलिना हिमाबि पुगिन् । नीजि भन्दा सामुदायिक विद्यालयको पढाईको स्तर राम्रो भएको उनी बताउछिन् । दमककै एक नीजि विद्यालयकी शिक्षिकापनि हुन् एलिना तर उनको पनि ध्यान भने हिमाबिले नै तानिदियो ।
हुन त त यि त केहि प्रतिनिधीमुलक पात्र मात्रै हुन् । यो बिद्यालयमा शुक्रबार २ सय १५ विद्यार्थीका लागी खुलाइएको प्रवेश परिक्षामा८ सय १६ जना बिद्यार्थी सहभागी भएको बाटै प्रष्ट हुन्छ कि यहाको शैक्षिक ग्ुणस्तर कस्तो छ भनेर । यसरी नयाँ भर्ना हुन आउने अधिकांश बिद्यार्थी निजी बिद्यालय छोडेर आएका छन् ।

विद्यालयका प्रधानाध्यापक ओम प्रसाद आचार्यका अनुसार बिगत १४ वर्ष देखी हिमालय माध्यमिक बिद्यालयमा अंग्रेजीका साथमा बिभिन्न प्राबिधिक बिषयहरु पढाई हुदै आई रहेको छ । शैक्षिक पद्धतीका साथै अन्य बिभिन्न भौतिक, शैक्षिक गुणस्तर भएका कारण हिमालय माध्यमिक विद्यालय जिल्लाकै नमुना बन्न सफल भएको हो ।