इटहरी : अहिले सुनसरीको इटहरीमा दास्रो राष्ट्रिय उद्यमशिल महिला मेलामा चलीरहेको छ । जहाँ पश्चिम जुम्ला देखी पुर्वको इलाम सम्मका उत्पादनहरु बिक्रीको लागी राखीएको छ । जुम्लाबाट गंगादेवी राउतले चर्चीत मार्सी चामल, तिते फापरको पिठो, सिमीको दाल, जौको साथुदेखी स्याउका प्याकेट लहरै मिलाएर राखेकी छिन् ।

संखुवासभाका नरेन्द्र राईले घरेलु उद्योगबाटै उत्पादीत कपडा लिएर आएका छन् । तेह्रथुम ढाका उद्योगका कमल राईले ढाकाका कपडाको स्टल राखेका छन् । काठमाण्डौकी बिष्णुकुमारी पौडेलले हातबाट बनेका सजावटका सामाग्री ल्याएर सजाएकी छिन् । त्यस्तै झापाकी सम्झाना ढाका उद्योगकी सञ्चालीका तिला लिम्बु पनि त्यही छिन् ।

यस्तै १ सय वटा पसलका स्टलहरु मेलामा छन् । तर सबैको समान समस्या छ । मंसीर २८ गते उद्घाटन भएदेखीनै व्यापार नभएकोले उनीहरु चिन्तीत छन् । ५ दिन बितीसक्दा समेत आफुहरुले खासै कारोबार गर्न नसकेको उनीहरु बताउँछन् । ग्राहकको उपस्थितीनै न्युन भएकोले कारोबार हुन नसकेको उनीहरुको भनाई छ । ग्राहक आउने समयमा प्रवेश शुल्क लिने र बजारमा ग्राहकको लागी सुचना पुर्याउन नसकोको कारण व्यापार हुन नसकेको उनीहरुको बुझाई छ ।

इटहरीमा ठुलै व्यापार हुन्छ भन्ने सुनेर आएकी जुम्लाकी गंगादेवी चाडै मेला समाप्त भए हुन्थ्यो भन्ने सोचमा छिन् । अहिले सम्म आउने जाने खर्च बराबरको पनि व्यापार नभएको उनी सुनाउँछीन् । राधाकृष्ण सप्लायर्सका प्रोपाइटर नगेन्द्र फुयालको पनि अवस्था उस्तै छ । ग्राहकको चहलपहल नभएपछी व्यापार सुन्य भएको उनी बताउँछन् । साँझमा मान्छे आउने बेला सांस्कृतीक कार्यक्रमको लागी प्रवेश शुल्क उठाउँदा आएका मानीस पनि फर्कने गरेको उनको बुझाई छ ।

नेपाल उद्यमशिल महिला संघ द्वारा आयोजीत मेला पौष ६ गते सम्म चल्ने जनाइएकोछ । तर उता व्यापारीहरु भने आजभोलीनै बन्द भइदिए हुने बताउँछन् । मेलामा नेपाल सरकार व्यापार तथा निकाशी प्रवद्र्धन केन्द्र र प्रदेश १ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मेलाको सहआयोजक रहेका छन् । नेपाल सरकारको ७ लाख ५० हजार र प्रदेश सरकारको सोाही बराबरको सहयोगमा मेला आयोजना गरीएको हो । त्यसको अलवा स्थानीय व्यापारीबाट पनि आर्थीक संकलन गरीएको छ ।
सरकारको लगानीमा आयोजीत मेलामा सयवटा स्टल बाट प्रति स्टल ५ हजारका दरले रकम उठाइएकोछ । जसबाट ५ लाख रुपैया भन्दा बढी आम्दानी भएकोछ । तर आयोजकले न्युनतम खानेपानी र ट्वाइलेटको समेत राम्रो व्यवस्थापन गर्न सकेको छैन । यसले गर्दा व्यापारीमा निराश छन् ।

संघको केन्द्रीय कार्यसमितिले आयोजना गरेको कार्यक्रमको व्यवस्थापन पक्ष फितलो देखीदा सरकारको लगानी डुबेकोछ । टाढाबाट आएका उद्यमीहरुमा मेला प्रति रुष्ट देखीएका छन् ।  सरकारी तथा निजी उद्यमीको लगानी समस्यामा परेपनि आयोजक संस्था भने मालामाल देखीएकोछ । १ सय रुपैया प्रवेश शुल्क र पार्कीङ शुल्क बाटपनि अतिरीक्त आम्दानी भइरहेकोछ । उता संघकी महासचिव राधा कार्कीले महिला उद्यमीहरुलाई प्रोत्साहन दिने उद्येश्यले कार्यक्रम आयोजना गरीएको बताईन् । यस अघि काठमाण्डौको भृकुटीमण्डपमा आयोजीत मेला दोस्रो पटक इटहरीमा लागेकोहो । नेपाली कला र उत्पादन दाई विदेश निर्यात गर्ने उद्येश्यले मेला आयोजना गरीएको उनको भनाई छ ।