धरान: धरान उपमहानगरपालिकाका नयाँ प्रमुख प्रशासकीय अधिकृत सोमबारदेखि कार्यालयमा हाजिर भएका छन् ।

नेपाल सरकारका उपसचिव विनोद पोख्रेल कार्यालयमा हाजिर भएका हुन् । कार्तिक दोस्रो साता प्रमुख प्रशासकिय अधिकृत सुमन घिमिरे सरुवा भएपछि धरानमा प्रमुख प्रशासकीय अधिकृतविहिन भएको थियो ।

पमहानगरमा सहसचिब प्रमुख प्रशासकीय अधिकृत हुने व्यवस्था भएपनि धरानमा भने उपसचिव आएका हुन् । सहसचिव दरबन्दी भएको ठाउँ भएकोले उनी कायममुकायम प्रमुख प्रशासकीय अधिकृतकोरुपमा रहनेछन् ।

पोख्रेलले सोमबार नै उपमहानगरपालिकाका महाशाखा तथा शाखा प्रमुखहरुसँग छलफल गरेर हालसम्म भएका कामहरुको जानकारी लिए । साथै, कार्यसम्पादनलाई चुस्त र ब्यबस्थित बनाउन पनि उनले निर्देशन दिएका छन् ।