पथरी:मोरङ्गको पथरीस्थि पथरी वहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले सोमवार नयाँ विद्यार्थीको लागि स्वागत कार्यक्रम सम्पन्न गरको छ ।

नेपाली काग्रेसका नेता तथा नेविसंघका पुर्व सभापति प्रदीप पौडेल प्रमुख अतिथि भनेर निक्कै प्रचार गरिएको कार्र्यक्रममा स्वास्थ्यको कारण देखाएर पौडेल अनुपस्थित भएपछि काग्रेसका नेता सुनिल शर्मालाइ प्रमुख अतिथि बनाएर कार्यक्रम गरिएको थियो । नेविसंंघ नेतृत्वमा रहेको स्ववियुका पदाधिकारीले मनोमानी निर्णय गरेर कार्यक्रम आयोजना गरेको भन्दै अखिल र अखिल क्रान्तिकारी लगायतका संगठनले कार्यक्रम वहिष्कार गर्न ह्विप नै जारी गरेका थिए । ‘कार्यक्रम वहिष्कार गरेका हौ’,अखिलका विवेक न्यौपानेले कपुरी न्युजसँग भने,‘मनोमानी तवरमा कार्यक्रम तय भएपछि हामी कार्यक्रम वहिष्कारको पक्षमा पुगेका हौ ।’

यता स्ववियु सचिव रोशन पराजुलीले भने पौडेल विरामी भएकाले नै निर्धारित कार्यक्रममा उपस्थित हुन नसकेको वताए । ‘पौडेल आउन नसके पनि कार्यक्रम भव्य रुपमा सम्पन्न भयो’ पराजुलीले भने । सो कार्यक्रममा रतुवामाइका मेयर रविन राई अतिथीका रुपमा उपस्थित थिए । पथरीशनिश्चरेका मेयर दिलिप राई भने अनुपस्थीत रहेका थिए । रविन काग्रेसबाट निर्वाचित मेयर हुन् । काग्रेसका केन्द्रीय सदस्यलाई विद्यार्थीबाट संकलन गरिएको रकम खर्च गरी स्ववियुको कार्यक्रममा भाषण गर्न ल्याउन लागिएको भन्दै अखिल र अखिल क्रान्तिकारीले विरोध जनाएका थिए ।