धरान: ‘इतिहास, भुगोल, संस्कृति र सभ्यताका सम्मान्, एक नम्बर प्रदेश किरात प्रदेश समग्र देशबासीको आह्वान’ भन्ने मुल नाराका साथ किरात राई यायोक्खाको १० औं महाधिवेशन धरानमा हुने भएको छ ।

किरात राई यायोक्खाले मंगलबार धरानमा पत्रकार सम्मेलन गदै महाधिवेशन आगामी फागुन १८, १९ र २० गते धरानमा हुने जानकारी दिएको हो । तीनसम्म चल्ने अधिवेशनमा प्रदेश १ को नामाकरण ‘किरात’ हुनुपर्ने मुख्य एजेण्डाको रुपमा रहने यायोक्खाले जनाएको छ । महाधिवेशनको उद्घाटनसत्र धरानको भानुचोकमा भब्यरुपमा हुने किराया केन्द्रीय अध्यक्ष तिलक राईले बताए । उनले धरान आदीबासी जनाजातिहरुको मुख्यथलो भएकोले धरानलाई महत्वका साथ लिएर महाअधिवेशन गर्न लागेको बताए । ‘धरान आदीबासी जनजातिको मुख्य थलोको रुपमा बसोबास रहेकोले धरानलाई महत्वका साथ हेरेर हामीले महाधिवेशन गदैछौं,’ उनले भने ।

प्रदेश १ को नामाकरण ‘किरात’ राख्न यायोक्खाले छैठौं अधिवेशनबाट एजेण्डाको रुपमा अघि सारेको थियो । अहिले १० औं अधिवेशनसम्म आइपुग्दा देश संघीय प्रणालीमा गएको र प्रदेश नं १ को नाम किरात राख्नुपर्ने माग यायोक्खाले गर्दै आएको छ । प्रदेशसभाको हिउँदे अधिवेशनमा प्रदेशको नामाकरण र स्थायी राजधानीको विषयमा छलफल शुरु हुने सन्दर्भ उल्लेख गदै अध्यक्ष राईले ‘किरात’ राख्नको लागि राजनीतिक दल तथा सामाजिक संघसंस्थाहरुसंग छलफल जारी राखेको समेत बताए । प्रदेशसभाले पहिचान आधारमा किरात प्रदेश नामाकरण नगरे चरणबद्ध रुपमा आन्दोलन गर्ने समेत यायोक्खाले जनाएको छ । ‘प्रदेशको नामाकरण किरात नगरे चरणबद्ध आन्दोलन गछौं,’अध्यक्ष राईले भने,‘कालो झण्डा देखाउनेदेखि अन्य आन्दोलनको कार्यक्रम घोषणा गदै जान्छौं ।’ आन्दोलन अन्य पहिचानबादीहरुसँगको सहकार्यमा गर्ने समेत जनाए ।

महाधिवेशनमा हजार बढी प्रतिनिधि हुने

महाअधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने छ । अधिवेशनमा प्रत्येक जिल्ला कार्यसमिति, थरगत भाषिक संस्थाहरु, भातृ संस्थाहरु र विदेश शाखा संगठनहरुबाट प्रतिनिधि सहभागी जनाउने किराया केन्द्रीय सदस्य सुभचन्द्र राईले बताए । प्रत्येक समितिबाट ५ जनाको दरले प्रतिनिधि आउने उनले बताए । महाधिवेशनलाई भव्य बनाउनको लागि फागुन १५ गते धरानमा मोटरसाइलक ¥याली निकालिने छ भने बन्दसत्र धरान–८ स्थित धरानसभागृहमा हुने जनाइएको छ । महाधिवेशन स्वदेश तथा विदेबाट करिब १ हजार भन्दा बढी प्रतिनिधिहरु सहभागी हुने जनाइएको छ ।

महाधिवेशनलाई व्यावस्थित बनाउनको लागि विभिन्न समिति तथा उपसमितिसमेत गठन गरिएको छ । २०४५ सालमा स्थापना भएको यायोक्खाको ३२ जिल्ला कार्यसमिति, २६ भाषी किरात राईहरुको छाता संस्था, २ सय भन्दा बढी गाउँ र नगरमा वडास्तरीय प्रारम्भिक कार्यसमिति, ८ वटा भातृ संस्था, १७ वटा विदेश केन्द्रीय स्तरका कार्यसमति, ४ सय भन्दा बढी विशिष्ट संरक्षक सदस्य, १६ हजार भन्दा बढी आजिवन सदस्य रहेका छन् ।